बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखा कार्यालयले मृत्युदाबी वापतको रकम विमितको परिवारलाई भुक्तानी गरेको छ ।
कार्यालयले एक कार्यक्रमका विच मृतक बिमित बाबुराम रायमाझीको १ लाख बिमाङको मृत्यु दाबी रकम १ लाख २९ हजार एक सय रुपैंया मृतककी धर्मपत्नी बिष्णु रायमाझीलाई हस्तान्तरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा १ लाखको सिटिजन शुभारम्भ जीवन बिमा योजना एजेन्सी म्यानेजर मित्र लाल न्यौपानेले गरेका थिए ।
कार्यक्रममा शाखा प्रमुख बिनिता श्रीस, एजेन्सी म्यानेजर मित्रलाल न्यौपाने, एजेन्सी म्यानेजर शोभा कुमारी थापा र स्थानीय जनप्रतिनिधी लगाएतको सहभागिता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology