देवदह । देवदहमा साइकल राइडर्स क्लब गठन भएको छ । बिहिवार शीतलनगरमा आयोजित साइकल राइडर्सको भेलाले क्लब गठन गरेको जनाइएको छ ।
नवगठित क्लबको अध्यक्षमा ऋषि सापकोटा रहेका छन । जसको उपाध्यक्षमा हरी भण्डारी, सचिवमा सागर भट्टराई र कोषाध्यक्षमा चन्द्रकान्त रेग्मी रहेको जनाइएको छ । क्लबको सदस्यहरूमा विष्णु पोखरेल, वीरेन्द्र पाण्डे, गोविन्द घर्ती, दिपेश बश्याल र शंकर थापा रहेका छन ।
९ सदस्यीय तदर्थ समितिले २५ जना संस्थापक सदस्य तयार गरी क्लब दर्ता गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
समितिको विधान निर्माणको लागि उपाध्यक्ष हरी भण्डारीको संयोजकत्वमा पवन पौडेल र दीपेश बश्याल सदस्य रहेको तीन सदस्यीय उपसमिति बनाइएको छ ।
विधान तयार गरी यथासक्य छिटो क्लबको दर्ता प्रक्रिया अघि बनाइने उपाध्यक्ष भण्डारीले बताए ।
भेलाले नियमित साइकल राइडिङ गर्ने, वातावरणमैत्री अभियान संचालन गर्ने र स्वस्थ जीवनको लागि शारीरिक व्यायामलाई जोड दिने निर्णय गरेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology