Logo

२०८३, कार्तिक २८गते


images
images

लालु यादवका जेठा छोरा तेज प्रताप पार्टी र परिवारबाट निष्काशित

लालु यादवका जेठा छोरा तेज प्रताप पार्टी र परिवारबाट निष्काशित

images
  • लालु यादवका जेठा छोरा तेज प्रताप पार्टी र परिवारबाट निष्काशित
    images

    काठमाडौँ । भारतको विहारको प्रमुख दल मध्ये एक राष्ट्रिय जनता दलका सुप्रिमो लालु यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट निष्कासित गरेका छन् । लालु यादवले सामाजिक सञ्जालमार्फत पार्टीबाट निष्काशित गरेको जानकारी दिएका छन् भने परिवारबाट पनि अलग गरेको जानकारी दिएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'निजी जीवनमा नैतिक मूल्यमान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ । जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन । त्यसैले, माथिका परिस्थितिहरूले गर्दा, म उनलाई पार्टी र परिवारबाट टाढा राख्छु । अबदेखि उनको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका हुनेछैन । उनलाई ६ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको छ ।'

    images
    images
    images

    अहिले लालु यादव स्वास्थ्यका कारणले पार्टी गतिविधिमा सक्रिय छैनन् भने उनको जिम्मेवारी उनका कान्छा छोरा तेजश्वी यादवले निभाउदै आएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लालु यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।