Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

images
  • कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी
    images
    images

    फ्रान्स  । नेपाली उद्योगपति वरुण चौधरी यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएका छन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा एलजी सिने सर्कल अवार्डका संरक्षकसमेत रहेका चौधरीले रेड कार्पेटमा श्रीमती अनुश्री चौधरीको साथमा उपस्थिति जनाए।

    images
    images
    images

    कान्सबाट सामाजिक सञ्जालमार्फत उनले आफू केवल उपस्थिति जनाउन नभई उद्देश्यका साथ त्यहाँ पुगेको स्पष्ट पारे। उनले लेखेका छन्, “कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो। कान्स त्यो ठाउँ हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन्। यो त्यस्तो मंच हो, जसले हामीलाई सम्झाउँछ कि सशक्त कथाहरूले भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न सक्छन्।”

    images
    images
    images

    नेपाली सिनेमाले दिल र उद्देश्यका साथ विश्वसामु सन्देश दिन सक्ने क्षमता राख्ने उनको भनाइ छ। साथै, चौधरीले नेपाली सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा स्थापित गराउन अझ गहिरो प्रयास आवश्यक रहेको धारणा राखेका छन्। नेपाली सिनेमा विश्वसमक्ष बोल्न थाल्दै गर्दा त्यसको निरन्तरताका लागि रणनीतिक उपस्थिति र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उनले संकेत गरेका छन्।

    images
    images
    images

    यस वर्षको कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र चलचित्र एक्लोका निर्माता प्रदीप शाही पनि सहभागी थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वरुण चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।