Logo

२०८३, आश्विन ९गते


images
images

कृष्ण सेन स्मृति दिवस

२३औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइदै

२३औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइदै

images
  • २३औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइदै
    images
    images

    काठमाडौं । राज्यद्वारा हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा प्रेस सेन्टर नेपालले मंगलबार देशैभर विविध कार्यक्रम गरेर २३औं सेन स्मृति दिवस मनाउदै छ।

    images
    images
    images

    २०५९ जेठ १३ गते जनदिशा दैनिकका प्रधान सम्पादक रहेका बेला प्रहरी नियन्त्रणमा रहेका सेनको हत्या गरिएको थियो। त्यसयता प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेलाई सेन स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।

    images
    images
    images

    यस वर्षको केन्द्रीय कार्यक्रम काठमाडौंको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजेदेखि आयोजना गरिएको छ। कार्यक्रम दुई चरणमा सञ्चालन हुने छ। पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’का जीवनी र योगदानमाथि तयार पारिएको भिडियो सामग्री सार्वजनिक गरिनेछ। दोस्रो चरणमा ‘गणतन्त्र र समाजवादको यात्रा’ तथा ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ विषयमा संवाद कार्यक्रम आयोजना हुने जनाइएको छ।

    images
    images
    images

    कार्यक्रममा प्रेस सेन्टर नेपालद्वारा प्रदान गरिँदै आएको पत्रकारिता पुरस्कारको घोषणा पनि गरिनेछ।

    संगठनका महासचिव मनोज घर्तीमगरद्वारा जारी प्रेस नोटमा सेन्टरका संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, उपत्यका तथा प्रतिष्ठानसहित एशोसियट प्रदेश र जिल्लास्तरीय प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह गरिएको छ।

    देशभरका प्रदेश, जिल्ला, शाखा र पालिका समितिहरूले पनि कृष्ण सेनको विचार, जनपक्षीय पत्रकारिता र गणतन्त्रसहितको राजनीतिक परिवर्तनलाई केन्द्रविन्दुमा राख्दै आ–आफ्नो स्थानमा विविध कार्यक्रम गर्ने तयारी गरेका छन्।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृष्ण सेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।