Logo

२०८३, आश्विन ११गते


images
images

बर्षातले पाकेको धानसंगै डुवायो किसानको बर्षदिनको मेहनत

बर्षातले पाकेको धानसंगै डुवायो किसानको बर्षदिनको मेहनत

images
  • बर्षातले पाकेको धानसंगै डुवायो किसानको बर्षदिनको मेहनत
    images
    images

    रेशम अधिकारी, सेतोमसी डेस्क । लटरम्म फलेको धान पाकेर थन्क्याउने बेला भएको अवस्थामा बर्षाले क्षति पुर्याएपछि देशैभरीका किसान चिन्तित भएका छन् । 

    images
    images
    images


    बर्षातले काटेको धानलाई डुबाउनुको साथै पाकिसकेको तर नकाटिएको धानको बाला  समेत झारेको छ । बाली भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि आफ्नो बर्षभरीको मेहनत खेर गएको भन्दै रुन मात्र नसकेको सुनवल  नगरपालिका– ७ सिसाहानिका किसान प्रकाश  न्यौपाने बताउँछन् ।

    images
    images
    images

    received_392722942574137.jpeg

    images
    images
    images

    त्यसो त देशैभरी परेको बर्षात नवलपरासी मात्रै नभएर  देशै भरिका किसानलाई उत्तिकै पिडा दिएको छ । देवदहका किसान कालिका अर्याल बर्षातमा कारण आफू राम्रोसँग निदाउन पनि नसकेको बताउँछिन् । जसरी खेतमा धान भिजेको त्यसैगरी किसानका आँखा पनि भिजेका छन् भन्दै अर्यालले अब वर्षभरि खाने अन्नको चिन्ताले मन पिरोल्न थालेको बताउँछिन् ।


    यता पाल्पाको सबैभन्दा ठूलो फाँट माडिको पनि अवस्था उस्तै छ । पाल्पाबाट सेतोमसीकर्मी  सुमन गाहाले पठाएको रिपोर्ट अनुसार बर्षाले खेतमा धान चुर्लुम्मै डुबेको छ ।  धानसंगै आफुहरूको बर्षदिनको मेहनत पनि डुबेको पाल्पाली किसानहरूले बताएका छन् ।

    received_412525123619006.jpeg
    त्यसैगरी, रातिदेखि आएको अविरल वर्षाका कारण सडक हिलाम्यै भएको र कैयौं स्थानमा सडक अवरुद्ध समेत भएकोले दसैंका लागि घर आएका व्यक्तिलाई फर्किन समस्या भएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धान
  • # बर्षात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।