देवदह । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवदह नगरको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुन्दरी गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
महिला संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा शुसिला आले, शान्ता आचार्य गौतम र गिता रुचाल चयन भएका छन्। सचिवमा गोमा भुर्तेल, सहसचिवमा सावित्री भुर्तेल र कोषाध्यक्षमा धना सापकोटा चयन भएका छन्। सदस्यहरुमा सरस्वती पोखरेल विक, भगवती सापकोटा, रामकुमारी मुसहर, इसरा पुन, फुलमाया राना, खैसरा पुन, सीता न्यौपाने, ललिता तिवारी, सन्जु ढकाल, भूमिका न्यौपाने, इसरावती मल्लाह, चन्द्र विक, सोमानी कुवर जोगी लगायत रहेको जनाइएको छ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवले महिलाहरूले अधिकार प्राप्तिका लागि सशक्त संगठन निर्माण गर्नुपर्ने धारणा राखिन्। विगतका सबै राजनीतिक क्रान्तिहरूमा महिलाको त्याग, योगदान र बलिदानी नै परिवर्तनको मूल आधार बनेको उनको भनाइ छ।
त्यस्तै, माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक निर्मल जिसीले महिला र पुरुष दुवैको समान सहभागिताले मात्र स्थायी परिवर्तन सम्भव हुने उल्लेख गर्दै नयाँ कार्यसमितिलाई बधाई दिए। महिलाका हक, हित र अधिकार सुनिश्चित गर्न सङ्गठित रुपमा अघि बढ्न उनले आग्रह गरे।
अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य राम परियार, अनेमसंघ रुपन्देही जिल्ला संयोजक दीपिका शर्मा, लुम्बिनी प्रदेश सदस्य निर्मला जिसि र नगर अध्यक्ष दिपक न्यौपाने लगायतले मन्तव्य राखेका थिए।
अधिवेशन नगर अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा, उपाध्यक्ष प्रेमकला ढकालको स्वागत मन्तव्य र सचिव सुशीला आलेको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology