Logo

२०८३, कार्तिक २९गते


images
images

मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने

मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने

images
  • मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने
    images

    जनकपुरधाम । मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने भएको छ । संयुक्त अधिराज्यको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा सञ्चालन हुन लागेको यो परियोजना वि. सं. २०८२ देखि २०८७ सम्म सञ्चालन हुने जनाइएको छ ।

    images
    images
    images

    यस परियोजनाका विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच छलफल भएको छ ।

    images
    images
    images

    शुक्रबार जनकपुरधाममा भएको छलफलमा ‘रेन : लचिलोपन, अनुकूलन र समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र र प्रभावबारे विस्तृत चर्चा गरिएको हो ।

    images
    images

    छलफल कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा सञ्चालन हुने बताइएको छ ।

    कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, साथै सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    परियोजनाबारे जानकारी दिँदै वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले यसले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान, पूर्वतयारी तथा अनुकूलन रणनीति, समुदायमा आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएका थिए ।

    छलफलमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेश प्रदेश बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाबाट स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए।

    परियोजनाले समावेशी, दीर्घकालीन र दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित अघि बढाइने ली बर्डले जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।