Logo

२०८३, श्रावण ३०गते


images
images

धानमा भएको क्षतिका आधारमा लुम्बिनी प्रदेशका सबै किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी

धानमा भएको क्षतिका आधारमा लुम्बिनी प्रदेशका सबै किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी

images
  • धानमा भएको क्षतिका आधारमा लुम्बिनी प्रदेशका सबै किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी
    images
    images

    दाङ । लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ। 

    images
    images
    images

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए।

    images
    images
    images


    ‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत प्याकेज घोषणा गर्छौं,’ उनले भने,‘बेमौसमी झरीले किसानलाई दुःख दियो।’

    images
    images
    images


    दाङको मौरीघाटमा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री केसीले पश्चिम नवलपरासीदेखि बर्दियासम्मका किसानले भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेर नष्ट भएको सूचना प्रदेश सरकारले प्राप्त गरेको बताएका छन्। बाढी र डुबानबाट ग्रस्त क्षेत्रको आकार पहिचान गरेर सोहीअनुसार राहत दिइने जानकारी दिएका छन्।


    रुपन्देही, दाङसहित लुम्बिनी प्रदेशका अधिकांश तराईका जिल्लामा लगातार परेको पानीका कारण भित्र्याउन ठिक्क पारेको धान खेतीमा क्षती गरेको छ। जसले गर्दा किसानको विचल्ली भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।