दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगायतको टोलीले मंगलवार राप्ती गाउँपालिकाको विभिन्न स्थानको स्थलगत अध्ययनसँगै पूर्वाधार निर्माणमा भईरहेको ढिलाई प्रति चासो लिएको छ ।
मुख्यमन्त्री केसी लगायतको टोलीले स्थलगत निरीक्षण गरेको स्थान मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ ।
प्रदेश सरकारले स्थायी राजधानी घोषणा गरेको वर्ष दिन बितिसक्दा पनि पूर्वाधार निर्माण देखि अरु आवश्यक प्रकृयामा ढिलाई भएको गुनासो बढेसँगै मुख्यमन्त्री केसीसहितको संयुक्त टोलीले चासो लिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology