Logo

२०८३, कार्तिक २९गते


images
images

शिर्ष दल बैठक

शिर्ष तीन दलको बैठक : गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

शिर्ष तीन दलको बैठक : गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

images
  • शिर्ष तीन दलको बैठक : गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने अडानमा नेकपा (माओवादी केन्द्र) कायम छ । सिंहदरबारमा सोमबार बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रले सो अडान स्पष्ट पारेको हो ।

    images
    images
    images

    पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै राजीनामा दिनुपर्नेमा आफुहरू स्पष्ट रहेको बताए । ‘हामीले स्पष्ट भन्यौँ, गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन,’ पाण्डेले सञ्चारकर्मीहरूसँग भने, ‘गम्भीर रूपमा छलफल त भयो, तर ठोस निष्कर्ष निकालिएको छैन ।’

    images
    images
    images

    उनका अनुसार बैठकमा संसद अवरोध कसरी अन्त्य गर्ने र प्रतिगमनकारी गतिविधिबारे समेत छलफल भएको थियो । सत्ता पक्ष भने गृहमन्त्रीको राजीनामा आवश्यक नभएको तर्क गर्दै संसदको कारबाही अघि बढाउनुपर्नेमा जोड दिइरहेको छ ।

    images
    images

    ‘गृहमन्त्रीज्यूले पनि अब संसद खोल्नुपर्छ भनेर अडान राख्नुभयो,’ पाण्डेले भने, ‘हामीले सुशासनको सवाल उठायौँ, र प्रतिपक्षीहरूसँग थप छलफल गरेर अघि बढ्ने तयारी गरेका छौँ ।’

    प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार सत्तापक्षले संसद खोलेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै संसद अवरोध खुलाउन आग्रह गरिएको हो ।

    ‘अब संसद खुल्ने विश्वास लिएको छौँ,’ खरेलले भने, ‘मंगलबारदेखि संसद चल्न थाल्छ भन्ने अपेक्षा छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिर्ष दल बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।