Logo

२०८३, आश्विन १०गते


images
images

यातायात व्यवसायी आन्दोलन

सरकार र यातायात व्यवसायीबीच सहमति, गण्डकीको राइड सेयरिङ कानुन स्थगन गरिने

सरकार र यातायात व्यवसायीबीच सहमति, गण्डकीको राइड सेयरिङ कानुन स्थगन गरिने

images
  • सरकार र यातायात व्यवसायीबीच सहमति, गण्डकीको राइड सेयरिङ कानुन स्थगन गरिने
    images
    images

    काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच सहमति भएको छ । राइड सेयरिङ बारे गण्डकी प्रदेशले ल्याएको कानुनविरुद्ध उत्रिएका यातायात व्यवसायीसँग सरकारले सो कानुन स्थगन गर्ने सहमति गरेको हो  ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेपछि गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएको थियो । त्यसपछि त्यसको विरोधमा यातायात व्यवसायीहरु यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।   

    images
    images
    images

    सरकार र यातायात व्यवसायीबीच भएको सहमति अनुसार गण्डकी प्रदेश लगायतका प्रदेश सरकारहरुद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारी साधन (रातो नम्बर प्लेटका) लाई यात्रु बोक्न दिनेगरी ल्याइएको राइड सेयरिङ सम्बन्धी नियमावलीहरु यस सम्बन्धी संघीय कानूनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राईड सेयरिङ सम्बन्धी नियमावलीहरु स्थगन गर्न गण्डकी प्रदेश सरकार लगायतका प्रदेश सरकारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    yatayta1748862975.jpg

    यस बाहेक व्यवसायीसँग सर्वोच्च अदालतको मिति २०८०/१२/२० गतेको परमादेश कार्यान्वयनको लागि गृह मन्त्रालयबाट आवश्यक कारवाही बढाउन सिफारिस गर्ने सहमति भएको छ ।

    त्यस्तै यातायात क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरु (चालक, सहचालक, परिचालक, बुकर, चेकर, लोडअनलोडर, संघ, समिति, प्रा.लि. मा काम गर्ने कर्मचारी, स्वरोजगार) लाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम अनिवार्यरुपमा सूचीकृत गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समन्वय गरी प्राथमिताकासाथ सो सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने र सो का लागि सबै प्रदेशहरुमा सामाजिक सुरक्षा कोषको संयन्त्र यथाशीघ्र स्थापना गर्नको लागि सिफारिस गर्ने सहमति भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।