Logo

२०८३, कार्तिक २९गते


images
images

महानगरका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

महानगरका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

images
  • महानगरका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
    images

    काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । 

    images
    images
    images

    महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।

    images
    images
    images

    एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए ।

    images
    images

    गत चैत २१ गते आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

    गुरागाईँले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह-कानूनी हर्कत गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।

    पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन हवील लक गर्ने आदेश दिइ, ह्विल लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको गुरागाईंको आरोप थियो ।

    पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको आरोप लगाइएको थियो ।

    साथै साथै सञ्चार माध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुख र अन्य जनप्रतिनिधिहरुसँग समेत अमर्यादित व्यवहार देखाएको पनि आरोप लगाइएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।