काठमाडौं । डलरको प्रलोभन देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–३, दुवाकोट बसोबास गर्दै आएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका ३९ वर्षीय तारा बहादुर तामाङ रहेका छन् ।
तामाङले नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–३ ढोडेनीका व्यक्तिहरूलाई फोनमार्फत सस्तो दरमा अमेरिकन डलर उपलब्ध गराउने प्रलोभन देखाएका थिए । उनले डलरको आकारमा काटिएका कागजको बिटो रूमालमा पोको पारेर दिएर नेपाली ३० लाख रुपैयाँ लिएको आरोप छ ।
उक्त घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई दुवाकोटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वमा पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology