Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा साढे ४ अर्ब बढिको धान नष्ट, सरकारले राहत दिने मुख्यमन्त्री केसीको घोंषणा 

लुम्बिनीमा साढे ४ अर्ब बढिको धान नष्ट, सरकारले राहत दिने मुख्यमन्त्री केसीको घोंषणा 

images
  • लुम्बिनीमा साढे ४ अर्ब बढिको धान नष्ट, सरकारले राहत दिने मुख्यमन्त्री केसीको घोंषणा 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बर्षात र बाढिपहिरोबाट प्रभावित किसानलाई राहत दिने घोंषणा गरेका छन् । बेमौसमी बर्षाका कारण लुम्बिनीका किसानको साढे ४ अर्ब बढिको धान नष्ट भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले किसानलाई क्षतिपुर्ती दिने घोंषणा गरेका हुन् । 

    images
    images
    images

    एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री केसीले लगातार परेको बर्षातका कारण आएको बाढी र पहिरोमा परि प्यूठान माण्डवी गाउँंपालिका वडा नं. ४ निवासी २८ वर्षिय देविसरा कार्की लगायतले ज्यान गुमाएकोमा दु:ख व्यक्त गरेका छन् । 

    images
    images
    images


    कर्णाली नदिमा आएको वाढीले बर्दिया जिल्लाको राजापुर नगरपालिकाको १ हजार २७  घर परिवार र गेरुवा गाउँपालिकाको २ सय १० घर परिवार गरी १ हजार २३७ घर परिवार प्रत्यक्ष प्रभावित भएको मुख्यमन्त्रीले जनाएका छन् । 

    images
    images
    images


    त्यसैगरी राप्ती, कालीगण्डकी, नारायणी लगायतका नदिले समेत प्रदेशवासीलाई प्रभावित बनाएको उल्लेख गर्दै केसीले प्रदेश सरकारले सबैको समन्वयमा संबेदनशीलताका साथ उद्धार तथा राहत प्रदानको व्यवस्था गरेको बताएका छन् ।


    १ लाख ६१ हजार २२३ मेट्रीक टन धान नष्ट, किसानको ४ अर्व ५१ करोड ४२ लाख गुम्यो


    मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशकमा वर्दिया लगायत अन्य जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको जनाएका छन् । 


    त्यसैगरी पहाडी जिल्लामा मकै वाली पनि नष्ट भएको मुख्यमन्त्रीको भनाइ छ ।


    साथै, अबिरल वर्षाका कारणले भएको आकस्मिक घटनालाई छिटो, छरिटो तरिकाले उद्धार गर्न सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई सार्वजनिक अपिल गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।