Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

छोराको विलासी जीवन बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

छोराको विलासी जीवन बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

images
  • छोराको विलासी जीवन बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा
    images
    images

    काठमाडौँ । सामाजिक सञ्जालमा आफ्ना छोराको विलासी जीवन बिताएको तस्बिरहरू देखा परेपछि मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिनले राजीनामा दिएका छन् ।

    images
    images
    images

    भ्रष्टाचार विरोधी अनुसन्धान र हप्तौंको व्यापक विरोधपछि एर्डिनले राजीनामा दिएका हुन् । एल ओयुन एर्डिनले मंगलवार संसदमा विश्वासको मत गुमाएका थिए । उनलाई संसदका १२६ सदस्यहरूमध्ये कम्तिमा ६४ जनाको समर्थन आवश्यक थियो ।

    images
    images
    images

    विश्वासको मतदानको क्रममा गोप्य मतदानमा भाग लिने ८८ जना सांसदहरूमध्ये ओयुन एर्डिनले ४४ मत मात्र प्राप्त गरेका थिए ।

    images
    images
    images

    भाइरल तस्बिरहरूमा, ओयुन एर्डिनका छोरा र छोराकी प्रेमिका आफ्नो इन्गेजमेन्ट बिदामा कालो डायर ह्यान्डब्याग र धेरै किनमेल झोलाहरूसहित देखिएका छन् । प्रदर्शनकारीहरूले एर्डिनको परिवार कसरी यति विलासी जीवन बिताउन सक्छ भन्दै प्रश्न गरेका छन् ।

    स्थानीय मिडियाहरुले देशको भ्रष्टाचार विरोधी निकायले उनीहरूको वित्तीय मामिलाको अनुसन्धान गरिरहेको छ बताएका छन् । एर्डिनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् र आफ्ना आलोचकहरूलाई उनीविरुद्ध धिक्कार अभियान चलाएको आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मंगोलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।