Logo

२०८३, आश्विन १०गते


images
images

अन्तराष्ट्रिय

ट्रम्प र पुटिनबीच ७५ मिनेट टेलिफोन कुराकानी

ट्रम्प र पुटिनबीच ७५ मिनेट टेलिफोन कुराकानी

images
  • ट्रम्प र पुटिनबीच  ७५ मिनेट टेलिफोन कुराकानी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग युक्रेन र इरानको मुद्दामा लगभग ७५ मिनेट फोनमा कुराकानी गरेका छन् । 

    images
    images
    images

    ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो राम्रो कुराकानी भएको बताउदै यो तत्काल शान्तिको लागि नेतृत्व गर्ने कुराकानी नभएको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले पुटिनले युक्रेनले रुस भित्र हालै गरेको ड्रोन आक्रमणको बदला लिने बताएको उल्लेख गरेका छन् । युक्रेनले हालै गरेको आक्रमणमा धेरै रुसी विमानहरू नष्ट भएका थिए ।

    images
    images
    images

    ट्रम्पले आफुले राष्ट्रपति पुटिनलाई इरानसँग आणविक हतियार हुन नसक्ने बताएको उल्लेख गएका छन् भने जवाफमा पुटिनले इरानसँग आणविक वार्तामा सहयोग गर्ने सक्ने बताएको उल्लेख गरेका छन् । ट्रम्पले जनवरी २० मा शपथ लिएदेखि अहिलेसम्म रुसी राष्ट्रपतिसँग ४ पटक कुरा गरिसकेका छन् । 

    रुस र युक्रेनले सोमबार टर्कीको इस्तानबुलमा दोस्रो चरणको शान्ति वार्ता गरेका थिए । दुवै देशले गम्भीर घाइते र बिरामी युद्धबन्दीहरू आदानप्रदान गर्न सहमत भए । यससँगै, दुवै पक्षले ६,०००-६,००० मारिएका सैनिकहरूको शव पनि फिर्ता गर्ने सहमति गरेका छन् । युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले सबै युद्धबन्दीहरूको रिहाइ र सबै अपाङ्ग बालबालिका र कैदीहरूको फिर्ता चाहेको बताएका थिए ।

    रूसी प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेन्डिन्स्कीले यस सम्झौता अन्तर्गत, १८ देखि २५ वर्ष उमेरका गम्भीर घाइते र युवा सैनिकहरूको पनि आदानप्रदान गरिने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।