Logo

२०८३, कार्तिक २९गते


images
images

सर्वोच्चको आदेश बारे अग्नि सापकोटाले के भने ?

सर्वोच्चको आदेश बारे अग्नि सापकोटाले के भने ?

images
  • सर्वोच्चको आदेश बारे अग्नि सापकोटाले के भने ?
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा पूर्ण पाठ आएपछि टिप्पणी गर्ने बताएका छन् ।

    images
    images
    images

    बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेपछि मात्र टिप्पणी गर्ने बताएका हुन् । 

    images
    images
    images

    उनले भने- 'कुनै कुराको टिप्पणी गर्दा खेरि त्यसको अध्ययन गर्नुपर्छ, अहिले लिखित आदेश आएको छैन, आ-आफ्नै ढङ्गबाट प्रचार गरेका छन्, त्यसमा त्यति धेरै सत्यता छैन । आफ्नै हिसाबले प्रचार गरेका छन्, धेरै छलफल गर्नुपर्ने आवश्यकता नै छैन । जब पूर्ण पाठ आउछ, त्यसपछि अध्ययन गरेपछि धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ । अदालती कुरा हो, अधुरो अंशमा अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्कता देखिदैन ।'

    images
    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको छ । यो आदेशपछि अब उनीविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुन बाटो खुलेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।