बुटवल । लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार २२३ मेट्रीकटन धान नष्ट भएको छ । जसबाट किसानको साढे ४ अर्व बढि नोक्सान भएको प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनाएका छन् ।
बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री केसीले प्रदेशका विभिन्न जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको जनाएका हुन् ।
बेमौसमी बर्षाका कारण किसानको बर्षदिनको मेहनत खेर गएकोमा आफू दुखी भएको बताउँदै बाढी र पहिरोमा परि प्यूठान माण्डवी गाउँंपालिका वडा नं. ४ निवासी २८ वर्षिय देविसरा कार्की लगायतले ज्यान गुमाएकोमा दु:ख व्यक्त गरेका छन् ।
प्रेस विज्ञप्तिमा कर्णाली नदिमा आएको वाढीले बर्दिया जिल्लाको राजापुर नगरपालिकाको १ हजार २७ घर परिवार र गेरुवा गाउँपालिकाको २ सय १० घर परिवार गरी १ हजार २३७ घर परिवार प्रत्यक्ष प्रभावित भएको मुख्यमन्त्रीले जनाएका छन् । साथै, राप्ती, कालीगण्डकी, नारायणी लगायतका नदिले समेत प्रदेशवासीलाई प्रभावित बनाएको उल्लेख गर्दै केसीले प्रदेश सरकारले सबैको समन्वयमा संबेदनशीलताका साथ उद्धार तथा राहत प्रदानको व्यवस्था गरेको बताएका छन् ।
बर्षालेतराईमा मात्रै नभएर पहाडमा समेत मकैबालीमा पुगेको उल्लेख गर्दै केसीले किसानको धान उठाउन सहयोग गर्न सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई सार्वजनिक अपिल गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology