देवदह । देवदह जेसीजको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रम बीच जेसीजले वर्ष २०२५ को प्रथम साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाले हालसम्म गरिएका ४ वटा बोर्ड बैठकका निर्णयहरू अनुमोदन गरेको जनाइएको छ । साथै अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको महासचिव कमला अर्यालले जानकारी दिइन् ।
देवदह जेसीजका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता रहेको साधारण सभामा संस्थापक अध्यक्ष तथा नेपाल जेसीजका प्रमुख बोर्ड सल्लाहकार विजय गुरुङ, देवदह जेसिजका पूर्व अध्यक्ष तथा पूर्व क्लबका अध्यक्ष सुरेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
देवदह जेसीजका उपाध्यक्ष पविन्द्र मल्लको स्वागत रहेको कार्यक्रममा महासचिव कमला अर्यालको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology