Logo

२०८३, कार्तिक २९गते


images
images

अमेरिकाबाट ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं ल्याइदै

अमेरिकाबाट ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं ल्याइदै

images
  • अमेरिकाबाट ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं ल्याइदै
    images

    काठमाडौं ।  अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज अपराह्न काठमाडौं आइपुग्दैछन् । अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत् उनीहरुलाई नेपाल फिर्ता पठाउन लागेको हो ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न सवा चार बजे सो विमान अवतरण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । विमानले विभिन्न देशका डिपोर्ट गरिएका नागरिकहरुलाई छाड्दै–छाड्दै काठमाडौं आइपुग्नेछ ।

    images
    images
    images

    विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले नेपालीहरुको आगमन पुष्टि गर्दै डिपोर्ट गरिएका नेपालीको संख्या एकीन नभएको बताए । ‘हामीलाई १०–१२ दिन अघि नै पत्र आएको थियो,’ उनले भने, ‘तर त्यसमा स्पष्ट संख्या छैन । विमान अवतरण भएपछि मात्रै यकिन हुन्छ ।’

    images
    images

    स्रोतका अनुसार प्रारम्भिक सूचीमा ४८ जना नेपालीको नाम थियो, तर केहीको प्रक्रियामा रोक लागेकाले अहिले संख्या ४० जना आसपास हुन सक्ने अनुमान गरिएको छ ।

    ट्रम्प प्रशासनले आप्रवासीप्रति कडा नीति अख्तियार गरेपछि भिसा उल्लंघन, ओभरस्टे वा अन्य कारणले पक्राउ परेका नेपालीहरुलाई नियमित रूपमा फिर्ता पठाउने क्रम जारी छ । सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यस अवधिमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मेमा ५८ नेपालीलाई फिर्ता पठाइएको हो ।

    यसअघि सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ नेपाली डिपोर्ट भएका थिए । हाल डिपोर्ट हुनेमध्ये धेरैजसोले अवैध बाटो अपनाएको, दलाललाई मोटो रकम बुझाएको र कानुनी प्रक्रिया नअपनाई अमेरिका प्रवेश गरेको पाइएको छ ।

    नेपाल फर्काइएका व्यक्तिहरुलाई अध्यागमनपछि मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ । तर, दलालविरुद्ध उजुरी परे मात्र अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रचलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।