Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा

बुटवलमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा

images
  • बुटवलमा   छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा
    images
    images

    बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
     
    क्लिनीक शुभारम्भ कार्यक्रममा बरिष्ठ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर मनोज सापकोटाले क्लिनिकबाट आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र ब्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिने बताए । क्लिनिकमा बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर विन्दु खरेल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शीला ढकालले पनि सेवा दिनेछन् ।

    images
    images
    images

    क्लिनिकबाट छाला, यौन रोग तथा बस्मेटिक लेजर विशेषज्ञ सेवा, छालाका समस्याको विस्तृत डिजिटल परीक्षण, लेजर प्रयोग गरि छालाको दाग, छालामा दादलगायत समस्याको पहिचान र समाधान, छाला तथा ट्याटुको दाग हटाउने, कपाल प्रत्यारोपण गर्ने, कपालको स्वास्थ्यकालागि जिएफसी थेरापी, छाला समस्याको परामर्शका लागि डर्मेटोलोजि सेवा, निसन्तान दम्पत्तिकालागि उचित परामर्श र उपचार लगायतका सेवा उपलब्ध हुने डा. खरेलले जानकारी दिईन् ।

    images
    images
    images

    क्लिनिक शुभारम्भको अवसरमा शनिवारदेखि तीन दिन बिरामीले निःशुल्क परामर्श सेवा र केही उपचारमा समेत विशेष छुटको ब्यवस्था समेत गरिएको क्लिनीका संचालक विबेक खरालले जानकारी दिए ।
    बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको करिव एक करोडक रुपैंया लगानीमा क्लिनिक सञ्चालनमा आएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आरोग्य स्पर्श क्लिनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।