Logo

२०८३, कार्तिक २९गते


images
images

नदिजन्य पदार्थ उत्खनन

देवदहमा नदिजन्य पदार्थ उत्खनन : राजनीतिक दलले गरे अनुगमन

देवदहमा नदिजन्य पदार्थ उत्खनन : राजनीतिक दलले गरे अनुगमन

images
  • देवदहमा नदिजन्य पदार्थ उत्खनन : राजनीतिक दलले गरे अनुगमन
    images

    देवदह । देवदह नगरपालिकाले नदिजन्य पदार्थ उत्खननको लागि ठेक्कामा लगाएका क्षेत्रको विभिन्न राजनीतिक दलले अनुगमन गरेका छन् । आइतवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले अनुगमन गरेका हुन् । 

    images
    images
    images

    अनुगमनमा सम्झौताभन्दा तीन गुणा बढी नदिजन्य पदार्थ उत्खनन गरेको पाइएको माओवादी केन्द्र देवदह नगर अध्यक्ष दीपक न्यौपानेले बताए । 'ठेक्कामा गएका ९ वटा खण्डमध्ये ५ वटा खण्ड हामीले अनुगमन गर्यौं ।' अध्यक्ष न्यौपानेले भने, 'अनुगमनमा अत्यन्तै दोहन भएको पाइयो । सम्झौताभन्दा तीन गुणा बढी माल निकालिएको छ ।'

    images
    images
    images

    त्यसैगरी एकीकृत समाजवादीका जिल्ला सचिव समेत रहेका नेता टंक पोखरेलले देवदह नगरपालिकामा खोलाबाट निकालिने नदीजन्य पदार्थको नाममा टेण्डर मापदण्डको खुला उल्लङ्घन भएको पाइएको बताए । उनले भने, 'सरनबारी खोलामा खोलिएको टेण्डर अनुसार १.२ मिटर गहिराइमा मात्र गिट्टी–बालुवा उत्खनन गर्न सकिने व्यवस्था भए पनि त्यहाँ तीनगुना बढी, अर्थात् ४ मिटर गहिरो उत्खनन गरिएको छ ।'

    images
    images

    अनुगमन पश्चात राजनीतिक दलहरुले नगर प्रमुख ध्रुवप्रसाद खरेलसहित वडा अध्यक्षहरुलाई भेटेर टेण्डर मापदण्ड उल्लङ्घन भएकोबारे जानकारी गराएका छन् । उनीहरुसंग कुरा गर्दै प्रमुख खरेलले नगरले अनुगमन गरिरहेको र त्यसलाई अझै कडा पारिने बताए । 'मापदण्ड विपरित हुने कुरा स्वीकार्य छैन, कसैले गरेको पाइए कारवाही हुन्छ' प्रमुख खरेलले भने ।  

    राजनीतिक दलहरुले अबैध उत्खननमा संलग्न कम्पनी, प्राविधिक तथा पदाधिकारीलाई कारबाही नगरे आन्दोलन गर्ने बताएका छन् । 

    जथाभावी उत्खननले नदीको बहाव नै परिवर्तन हुने र नदि छेउंका बस्ती समेत जोखिममा पर्ने खतरा देखिएको उनीहरुको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।