Logo

२०८३, आश्विन १०गते


images
images

रुस - यूक्रेन द्वन्द

युक्रेनको मध्य क्षेत्रमा रुसी सेना प्रवेश !

युक्रेनको मध्य क्षेत्रमा रुसी सेना प्रवेश !

images
  • युक्रेनको मध्य क्षेत्रमा रुसी सेना प्रवेश !
    images
    images

    एजेन्सी  । रुसले युक्रेनको मध्य क्षेत्र ड्निप्रोपेट्रोभ्स्कमा पहिलोपटक प्रवेश गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाको ९०औँ ट्यांक डिभिजन अन्तर्गतका उपइकाईहरूले डोनेत्स्क क्षेत्रको सीमा पार गर्दै ड्निप्रोपेट्रोभ्स्कमा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको दाबीमा भनिएको छ, “डोनेत्स्कको ठूलो हिस्सा पहिले नै रुसी नियन्त्रणमा रहेको र त्यसलाई विस्तार गर्दै ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा प्रवेश जारी राखिएको” छ। मास्कोले महिनौँअघिदेखि यो अभियानका लागि तयारी गर्दै आएको बताइएको छ ।

    images
    images
    images

    यो आक्रमणले युक्रेनी सेनालाई थप दबाबमा पार्न सक्ने विश्लेषण गरिएको छ, विशेषगरी त्यस्तो अवस्थामा जब शान्तिवार्ताका पहलहरू ठप्प भएका छन् र युद्धको थकान दुबै पक्षमा देखिन थालेको छ ।

    images
    images
    images

    तर युक्रेनले भने रुसी सेनाको ड्निप्रोपेट्रोभ्स्क प्रवेश भएको दाबी अस्वीकार गरेको छ। युक्रेनी खोर्तिसिया सेनाका प्रवक्ता भिक्टर त्रेहुबोभले सीएनएनलाई दिएको प्रतिक्रियामा भनेका छन्, “रुसी सेनाले झूटा सूचना फैलाइरहेका छन् कि उनीहरूले पोक्रोभस्क र नोभोपाभ्लिव्काको दिशाबाट ड्निप्रोपेट्रोभ्स्क प्रवेश गरेका छन्, तर त्यो सत्य होइन ।”

    ड्निप्रोपेट्रोभ्स्कमा प्रवेश भएको पुष्टि भएमा, यो पछिल्ला महिनाहरूमा युक्रेनी सेनाका लागि एक ठुलो धक्का हुनेछ ।

    रुसी सेनाले हालै युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा र डोनेत्स्कको लायमान नजिक पनि आक्रमणको विस्तार गरिरहेको देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।