बुटवल । बुटवलमा अटिजम सम्बन्धी एक दिने स्वास्थ सचेतना कार्यक्रम सम्पन्न भएको छ । अटिजम स्वास्थका बारेमा जानकारी दिने उदेश्यले सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले सोमवार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमूख खेलराज पाण्डेयले अटिजम समस्या भएका बालबालिकाहरुलाई पहिचान गरेर उनीहरुको मनोविज्ञान अनुसार व्यवहार गर्न सकेमा समस्याको निराकरण गर्न सकिने बताए । नगर प्रमुख खरेलले समुदायमा अटिजमजस्ता स्वास्थ्य समस्यालाई जटिल रुपमा लिएर चिन्ता लिनुभन्दा समस्याको पहिचान गरेर समाधान खोज्नुपर्ने बताए ।
बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, स्पेशल एजुकेटर मलिका घिमिरे, अनिसा बस्याल लगायतले अटिजमका विषयमा प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।
विद्यालय शिक्षिका तथा अभिभावकहरुलाई अटिजम स्वास्थ सम्बन्धी सचेतना बढाउने उदेश्यले कार्यक्रम गरिएको सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
कार्यक्रममा अभियन्ता पुस्कर ढकाल, सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीका उपाध्यक्ष मनोज राना, सचिव दामोदर घिमिरे लगायतले बोलेका थिए ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा करिब एक सय पचास बढि सहभागी रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology