बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिकाका ६६ वर्षीय जमिल अहमद जागालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जमिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology