Logo

२०८३, आश्विन १०गते


images
images

लस एन्जलसको प्रदर्शन हिंसात्मक, अहिलेसम्म दुई जनाको मृत्यु

लस एन्जलसको प्रदर्शन हिंसात्मक, अहिलेसम्म दुई जनाको मृत्यु

images
  • लस एन्जलसको प्रदर्शन हिंसात्मक, अहिलेसम्म दुई जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा जारी प्रदर्शन हिंसात्मक बनेको छ । हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

    images
    images
    images

    अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सरकारको आप्रवासन नीतिको विरोधमा भएको यो विरोधलाई नियन्त्रण गर्न केन्द्रले अब ७०० मरीन सिपाहीहरूलाई लस एन्जलसमा पठाउने भएको छ, जसले राष्ट्रिय गार्डसँगै सुरक्षाको जिम्मा लिनेछन् । यी मरीन सिपाहीहरू दक्षिण क्यालिफोर्नियाको ट्वान्टी नाइन पाम्स बेसबाट आउँदैछन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । गेभिन लस एन्जलसमा राष्ट्रिय गार्डहरूको तैनाथीको विरोध गरिरहेका छन् । उनले राज्य सरकारले यसको लागि ट्रम्प विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

    images
    images
    images

    यसअघि ट्रम्पले लस एन्जलसमा हिंसा र तोडफोड फैलिएपछि त्यहाँ तैनाथ राष्ट्रिय गार्ड सिपाहीहरूको पनि प्रशंसा गरेका थिए । यी सिपाहीहरूलाई सामान्यतया राज्यका गभर्नरहरूको आदेशमा बोलाइन्छ, तर यस पटक ट्रम्प आफैंले तिनीहरूलाई तैनाथ गरेका थिए ।

    विरोध प्रदर्शनको कभरेज गरिरहेकी अष्ट्रेलियाली पत्रकार लरेन टोमासीमाथि प्रहरीले हानेको रबरको गोली लागेको छ । यो घटना आइतबार नाइन न्यूजकी पत्रकार लरेन टोमासी लाइभ रिपोर्टिङ गरिरहेको बेला भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।