काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला टोलीको लागि प्रशिक्षक र सहयोगी कर्मचारी नियुक्त गरिएको छ ।
एन्फाले राजेन्द्र तामाङ र भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । सुरज कुमार लामा गोलकिपिङ प्रशिक्षकको रूपमा जारी रहनेछन् भने बिन्द्रा देवान टोली प्रबन्धकको भूमिकामा रहनेछन् । त्यस्तै डा. अलिशा राईलाई टोली डाक्टर र शिला गिरीलाई टोली फिजियोथेरापिस्टको रूपमा नियुक्त गरिएको छ । त्यसैगरी विकास गुरुङलाई किट प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।
नियुक्त सबैले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र प्राप्त गरेका छन् ।
एन्फाले जेठ २२ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नियुक्त गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology