Logo

२०८३, कार्तिक २९गते


images
images

दाङमा  यार्सागुम्बासहित एक जना पक्राउ

दाङमा  यार्सागुम्बासहित एक जना पक्राउ

images
  • दाङमा  यार्सागुम्बासहित एक जना पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    दाङ । दाङमा प्रहरीले बहुमुल्य जडिबुटी यार्सागुम्वासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images
    images
    images

    बुढालाई प्रहरीले लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

    images
    images
    images

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बुढाले चलाएको लु ५४ प ७८२७ नम्बरको मोटरसाइकलले लमही नगरपालिका–९ अमिलियामा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    images
    images

    दुर्घटनापछि पक्राउ पर्ने डरले बुढा स्थानीय रिता चौधरीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले सोमवार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए  ।

    प्रहरीले घटनाका सम्बन्धमा छानविनका लागि प्रमाणसहित बुढालाई डिभिजन वन कार्यालय लमही दाङमा बुझाइएको छ । पक्राउ परेका अभियुक्तमाथि वन पैदावारको अवैध ओसारपसार तथा ढुवानीको मुद्दामा वन ऐन बमोजिम कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।