Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी एसियन कप २०२७ छनोट

नेपाल लाओससँग २-१ ले पराजित

नेपाल लाओससँग २-१ ले पराजित

images
  • नेपाल लाओससँग २-१ ले पराजित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न  एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका थिए ।

    images
    images
    images

    लाओसको नेपालमाथि यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएका ७ खेलमा नेपाल ५ खेलमा विजयी भएको थियो भने २ खेल बराबरी भएका थिए ।

    images
    images
    images

    एएफसी छनौट अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।