काठमाडौँ । अस्ट्रियाको ग्राट्ज शहरमा एक विद्यालयमा भएको गोलीबारीमा मृत्यु हुनेको संख्या १० पुगेको छ । ग्राट्जका मेयर एल्के कारले गोलीबारीबाट १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
मृतकहरूमा स्कूलका विद्यार्थीहरू रहेका छन् भने गोलिबारीमा धेरै घाइते भएको बताइएको छ ।
स्कूल नजिकै ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। प्रहरीले आक्रमण र बन्धकको अवस्थासँग जुध्ने आफ्नो विशेषज्ञ कोब्रा ट्याक्टिकल युनिट पनि खटाएको बताएको छ।
प्रहरीले शंकास्पद बन्दुकधारीले स्कूलमा आक्रमण गरेपछि आफैलाई गोली हानेको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology