Logo

२०८३, आश्विन १०गते


images
images

विश्व टेस्ट च्याम्पियनसिप

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

images
  • विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै
    images
    images

    काठमाडौँ । आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि शुरु हुदैछ । इङल्याण्डको लर्ड्स स्टेडियममा हुने यो फाइनल खेल जुन ११ देखि १५ सम्म हुदैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    यस पटकको विश्व टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । २०२३ देखि २०२५ सम्मको विश्व टेस्ट च्याम्पियनसिप साइकलमा शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अस्ट्रेलिया फाइनलमा खेल्न लागेका हुन् ।

    images
    images
    images

    हाल आइसीसीको टेस्ट वरियतामा अस्ट्रेलिया शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    टी-२० क्रिकेट लोकप्रिय बनेको अहिलेको समयमा टेस्ट च्याम्पियनसिपले क्रिकेटप्रेमीलाई टेस्ट क्रिकेटप्रतिको लगाव बढाएको विश्लेषण गरिएको छ । आइसीसीले टेस्ट क्रिकेटलाई रोचक बनाउन हरेक दुई बर्षमा टेस्ट च्याम्पियनसिप फाइनल गर्ने गरी विश्व टेस्ट च्याम्पियनसिपको अवधारणा ल्याएको हो । विश्व टेस्ट च्याम्पियनसिपको शुरुवात २०१९ देखि भएको थियो । पहिलो फाइनल २०२१ मा खेलिएको थियो र पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्यूजील्याण्डले जितेको थियो । फाइनलमा न्यूजील्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

    त्यस्तै दोस्रो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२३ मा भएको थियो । सो फाइनल अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो । यस फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो । 

    यस पटक भारत भने अंक तालिकामा तेस्रो हुदै फाइनलमा पुग्न असफल भएको थियो ।

    विश्व टेस्ट च्याम्पियनसिपको विजेतालाई आइसीसीले ३.६ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले २.१६ मिलियन डलर पुरस्कार दिने भएको छ ।

    विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने अष्ट्रेलिया र दक्षिण अफ्रिकाले प्लेइङ ११ सार्बजनिक गरेको छ । 

    अस्ट्रेलियाको प्लेइङ ११: पाट कमिन्स (कप्तान),  उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, क्यामरुन ग्रिन, स्टिभ स्मिथ, ट्राभिस हेड, ब्यू वेबस्टर, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, नाथन लियोन र जोश हेजलवुड । 

    दक्षिण अफ्रिकाको प्लेइङ ११: टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेलटन (विकेटकिपर), वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेभिड बेडिङघम, काइल भेरिन, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा र लुंगी एन्गीडी । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।