वर्तमान समय भनेको विज्ञान, प्रविधि र अर्थ को समय हो । जो सँग यी तिन कुराहरु हुन्छन, त्यो बलशाली हुन्छ, अन्यथा शक्तिहिन हुन्छ । विश्व मानचित्रमा नेपाल र भारत जस्तो फरक किसिमको सम्बन्ध पाउन दुर्लभ नै छ । हाम्रो भेषभुषा, रहनसहन, खानपिन इत्यादिहरु मिल्दछ । नेपाल र भारत बिच अन्योन्याश्रीत सम्बन्ध रहेको छ । तर यी कुराहरु भनिरहदा खुला सिमाना मधेशको आर्थिक र साँस्कृतिक विकाशको लागिँ बाधा व्यवधान पैदा गरिरहेको त छैन भन्ने कुरा आम मानिसहरुमा सोच उत्पन्न भईरहेको छ ।
अबको बहस कसरी नेपालको मधेश क्षेत्रलाई समृद्ध गर्न सकिन्छ भन्ने हुनुपर्छ । र, त्यसको लागि हुने बाधाहरुलाई हटाउनु पर्दछ । कतिपय अर्धशास्त्रीहरुले के भन्दछन् भने नेपालको मुटु मधेश विकसित नहुनुको एउटा कारण खुला सिमाना पनि हो ।
सिमा पुर्ण रुपले बन्द गर्नुपर्ने होइन, निश्चित नाकाहरुबाट तोकिएको वस्तुहरुको निर्यात र आयात मात्रै हुनुपर्दछ ।
फेरि प्रश्न उठन सक्छ, नेपाल नै बिकसित नै छैन त कसरी मधेश क्षेत्र विकसित हुन सक्छ ? विभिन्न मानकहरुको तुलना गर्दा मधेश विकसित हुनु पर्ने हो तर त्यो छैन । खुल्ला सिमा भएकै कारणले राज्यले पाउनुपर्ने करिब अर्बौको राजस्व चुहावट भईरहेको छ । मधेशमा उत्पादित वस्तुहरुले लागतको अनुपातमा मुल्य पाईरहेका छैनन् । यसको ज्वलन्त उदाहरण केरा रहेको छ । खुला सिमा भएकै कारण भारतीय केराहरु नेपालको बजारमा पर्याप्त आएकै कारणले मधेशमा उत्पादित केरा किसानहरुको लागत अनुसारको मुल्य पाइरहेका छैनन् । त्यही कारणले नवलपरासी पश्चिमका केही केरा कृषकहरु भन्सार कार्यालय अगाडी धर्ना दिएका थिए ।
त्यस्तै नियाल्ने हो भने कृषकले उत्पादन गर्ने वस्तु लागत अनुसार मुल्य पाउदैनन् । यसको मुख्य कारण भनेको भारतीय उपजहरुको नियमन नहुनु हो । भारतीय कृषकहरुले सरकारबाट विभिन्न किसिमका सहुलियतहरु प्राप्त गर्दछन र फलस्वरुप भारतीय उपजहरु संग नेपाली कृषकहरुले प्रर्तिस्पर्धा गर्न सक्दैनन् ।त्यही उपजहरु नेपालमा भित्राइन्छ र नेपाली कृषकहरु मारमा पर्दछन् ।
यी घटनाहरुले गर्दा सिमालाई बन्द गर्नुपर्दछ र निश्चित स्थानहरुबाट आवागमन हुनुपर्दछ भन्ने मतहरु प्रकट भईरहेका छन । अर्थात सिमा पुर्ण रुपले बन्द गर्नुपर्ने होइन, निश्चित नाकाहरुबाट तोकिएको वस्तुहरुको निर्यात र आयात मात्रै हुनुपर्दछ । हामी हेर्न सक्छौ र अनुमान लगाउन सक्छौ सिमातिरका प्राय व्यवसायहरु फस्टाउन सकेका छैनन् । सिमातिरका व्यवसायहरु संघर्शरत छन ।
साथै सांस्कृतिक प्रभावहरु पनि परिरहेको छ । नेपाल र भारतमा मात्रै हेैन विश्वका अरु केही देशहरुमा समेत खुला सिमा छ तर स्वरुपहरु परिवर्तित छन । खुला सिमा भएकै कारणले झन्डै अर्बौको घाटा नेपाललाई लागिरहेको छ ।
अर्थात प्रत्येक दिन विना भन्सार तस्करहरुले चोरी निकासी गराइरहेको अवस्था पाउन सक्छौ । देशलाई समृद्ध पार्न र मुद्रा घाटा कम गर्न स्वदेशी वस्तुहरुको उपभोगमा जोड दिनुपर्दछ । खुला सिमा देशको लागि वरदान हो भने देशले के पाएको छ ? हो, जनताहरुले अलि कम मुल्यमा वस्तुहरु पाउँछन् तर देशको मुद्रा अवमुल्यनमा यसले जोड दिन्छ । देशमा भारतबाट वस्तुहरु ल्याउनाले नेपाली व्यवसायीहरुलाई धेरै असर गर्दछ र हामी प्रत्यक्ष रुपमा हेरिरहेका छौ । त्यति मात्रै हैन ,खुला सिमाले विभिन्न किसिमका अपराध जन्य क्रियाकलापहरुमा यसले बल पुर्याइरहेको पाउन सक्छौ ।
केही व्यक्तिहरुले के मत राख्दछन् भने रोटी र बेटीको सम्बन्ध टिकाइराख्न खुला सिमा नै हुनुपर्दछ र ? केही विज्ञहरुले के मत राख्दछन् भने खुला सिमाको बहस चलाएर भोट लाई आकर्षण गर्ने साधन हो ।
यि र यस्तै बहसहरुको सिर्जना गरी देशलाई बिकास तिर लम्काउने कुराहरुलाई स्वीकार गर्नुपर्दछ । देश समृद्ध भए मधेश समृद्ध हुन्छ । देश डुब्यो भने मधेश डुब्छ । बहुभाषिक, बहुसाँस्कृतिक र विभिन्न धरातल रुपी भएको सुन्दर देश हो नेपाल । यस्ता सुन्दर रुपी शब्दहरुलाई जोगाईराख्न समृद्ध मधेश र देशको परिकल्पना गर्नु अपरिहार्य आवश्यकता छ । बौद्धिक र जागरुक व्यक्तिवहरुले खुला सिमाको विषयमा सोच्नुपर्ने आवश्यकता छ ।
✍️ बलिराम गुप्ता
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology