Logo

२०८३, कार्तिक २९गते


images
images

ऊर्जा

विद्युत बचाउन भारतमा नयाँ नियम: एसीको तापक्रम २० भन्दा कम गर्न नपाइने !

विद्युत बचाउन भारतमा नयाँ नियम: एसीको तापक्रम २० भन्दा कम गर्न नपाइने !

images
  • विद्युत बचाउन भारतमा नयाँ नियम: एसीको तापक्रम २० भन्दा कम गर्न नपाइने !
    images

    काठमाडौँ । भारतमा विद्युत बचाउन केन्द्र सरकारले नयाँ उपाय निकालेको छ । केन्द्र सरकारले एसीलाई २० देखि २८ डिग्रीको बीचमा मात्र चलाउन पाउने गरि नयाँ नियम लागु गर्ने तयारी गरेको भारतीय मिडियाहरुले चर्चा गरेका छन् । केन्द्र सरकारले चाँडै गर्मी मौसममा एसीबाट हुने बिजुलीको खपत रोक्न नयाँ नियम ल्याउन लागेको हो ।

    images
    images
    images

    सरकारले दायसले बिजुली बचत गर्ने, बिल घट्ने र देशभरका लाखौं उपभोक्ताहरूले आगामी तीन वर्षमा २० हजार करोड भारु बचत हुने दाबि गरेको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    भारतीय ऊर्जा मन्त्री मनोहर लाल खट्टरले यस नियमका बारेमा भनेका छन्- 'एसी उत्पादन गर्ने कम्पनीहरूको लागि नयाँ नियमले चिसोपनलाई अझ राम्रो बनाउनेछ । यसले गर्मी बढ्दै जाँदा बिजुलीको माग र बिलमा वृद्धि घटाउन मद्दत गर्नेछ । नयाँ नियम लागू हुने बित्तिकै, यी नियमहरू हरेक क्षेत्रमा प्रयोग हुने एयर-कन्डिसनरहरूमा लागू हुनेछन्, चाहे त्यो घरमा होस् वा कार्यालय, मल, होटल र सिनेमाघर जस्ता व्यावसायिक स्थानहरूमा, जहाँ एसी प्रायः सबैभन्दा कम सेटिङमा चलाइन्छ ।'

    images
    images

    गर्मीमा वृद्धिसँगै, बिजुलीको माग धेरै बढ्दै गएको अवस्थालाई ध्यान दिदै सरकारले यो नियम लागुगर्ने तयारी गरेको बताइएको छ । यस वर्ष जुन महिनाको एक दिनमा भारतमा, एकै दिनमा बिजुलीको माग २४१ गिगावाट पुगेको थियो, जुन यस वर्षको सबैभन्दा उच्च थियो । सरकारले उच्चतम माग २७० गिगावाटसम्म जान सक्ने अनुमान गरेको छ ।

    एसीले १६-१८ डिग्रीमा चलाउदा धेरै विद्युत खपत गर्ने गर्दछ । नयाँ नियम बिजुली बचत गर्ने र पावर ग्रिडमा दबाब कम गर्ने प्रयास हो । साथै, यसले मानिसहरूको बिजुलीको बिल घटाउनेछ र वातावरणलाई पनि फाइदा पुर्‍याउनेछ । तापक्रममा प्रत्येक १ डिग्री वृद्धिले ६ प्रतिशतसम्म बिजुली बचत गर्ने दाबी गरिएको छ ।

    क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययन अनुसार, एसीको तापक्रमलाई मानकीकरण गर्नाले २०३५ सम्ममा भारतको उच्चतम बिजुलीको माग ६० गिगावाटले घटाउन सकिन्छ । यसले बिजुली र ग्रिड पूर्वाधार लागतमा ७.५ लाख करोड भारु बचत गर्नेछ । कम बिजुली खपतले बिल पनि घटाउनेछ ।

    यो नियम लागू हुने मिति आधिकारिक रूपमा घोषणा गरिएको छैन । केन्द्रीय मन्त्री मनोहरलाल खट्टरले यो नियम चाँडै लागू हुने बताएका छन् । सरकारले तापक्रम मापदण्डहरू निर्धारण गर्न एसी उत्पादन गर्ने कम्पनीहरूसँग काम गरिरहेको बताइएको छ । नियमहरू अधिसूचित हुने बित्तिकै, सबै नयाँ एसीहरू यस दायरामा बनाइनेछन् ।

    यो नियम पुराना एसीमा लागू हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट छैन । तर, नयाँ नियम अन्तर्गत, भविष्यका एसीमा प्रविधि यस्तो हुनेछ कि तिनीहरू २० डिग्रीभन्दा कम चिसो बनाउन सकिने छैन । पुराना एसीहरूले सफ्टवेयर अपडेट गर्नुपर्ने वा प्राविधिक परिवर्तनहरू गर्नुपर्ने हुन सक्छ, तर यो अझै स्पष्ट नभएको बताइएको छ ।

    इटाली, जापान जस्ता देशहरूमा पनि सार्वजनिक भवनहरूको लागि एसीहरूलाई न्यूनतम २३ डिग्री सेल्सियसमा राख्ने नियम छ । २७ डिग्री सेल्सियसभन्दा बढी अधिकतम तापक्रममा प्रयोग गर्न प्रतिबन्ध छ ।

    हाल, भारतमा कुनै पनि सरकारी नियमले एसीहरूलाई विशेष तापक्रम (जस्तै २० डिग्री वा सोभन्दा माथि) मा सेट गर्न निषेध गर्दैन । 

    सरकार र ऊर्जा दक्षता ब्यूरोले एसीहरू २४ डिग्री सेल्सियसमा चलाउन सुझाव दिएको छ, किनकि यसले बिजुली बचत गर्छ र वातावरणको लागि पनि राम्रो हुन्छ । तर यो केवल एउटा सुझाव हो, कानुनी दायित्व होइन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।