काठमाडौँ । प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई काठमाडौं महानगर- २२ प्युखा कृष्णचोक स्थित मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भारतको कलकत्ता घर भइ काठमाडौं बस्ने ४३ बर्षिय हरिवोर सेख, ३९ बर्षिय सुरोजित दास, ४० बर्षिय तमोल साद्रा र १६ बर्षिय सामुहिम सेख रहेका छन् ।
चारै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology