Logo

२०८३, कार्तिक २९गते


images
images

अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान शुरु, ४३ वटा विद्युतीय मेसिन प्रयोग

अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान शुरु, ४३ वटा विद्युतीय मेसिन प्रयोग

images
  • अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान शुरु, ४३ वटा विद्युतीय मेसिन प्रयोग
    images

    काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनको मतदान शुरु भएको छ ।

    images
    images
    images

    मतदान विद्युतीय मेसिनबाट गरिदैछ । निर्वाचन कमिटीले मतदानका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको थियो ।

    images
    images

    नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो । 

    त्यस्तै एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । त्यस्तै एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।  महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार रहेका छन् ।

    यस निर्वाचनले अनेरास्ववियुको ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । 

    अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।