Logo

२०८३, कार्तिक २९गते


images
images

तीनकुने घटना

दुर्गा प्रसाईंसहित सात जना थुनामा, ३२ धरौटीमा छुटे

दुर्गा प्रसाईंसहित सात जना थुनामा, ३२ धरौटीमा छुटे

images
  • दुर्गा प्रसाईंसहित सात जना थुनामा, ३२ धरौटीमा छुटे
    images

    काठमाडौं । अदालतले तीनकुनेमा भएको राजावादीको आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    images
    images
    images

    विहिबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

    images
    images
    images

    १५५ पानाको आदेशमा अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो । 

    images
    images

    तीनकुने घटनामा प्रतिवादीमध्ये हाल हिरासतमा रहेका अन्य ३२ जनालाई भने धरौटी रिहा गर्न आदेश भएको छ ।

    त्यस्तै तीनकुने घटनामा राप्रपाका सांसद डा. धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने अदालतमा उपस्थित नै नभएको भन्दै फरार प्रतिवादीको रुपमा राखिएको छ । उनीहरुलाई फरार प्रतिवादीको रुपमा पक्राउ पूर्जी जारी हुने भएको छ । 

    काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । बहस सकिएसँगै विहिबार मध्यरातमा फैसला आएको हो ।

    राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।

    गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    कसलाई के आदेश ? 

    तिनकुने .jpeg
    तिनकुने घटना .jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।