Logo

२०८३, कार्तिक २९गते


images
images

विमान दुर्घटना

एयर इन्डियाको विमान दुर्घटना: एक जना सकुशल, २४१ को मृत्यु

एयर इन्डियाको विमान दुर्घटना: एक जना सकुशल, २४१ को मृत्यु

images
  • एयर इन्डियाको विमान दुर्घटना: एक जना सकुशल, २४१ को मृत्यु
    images

    काठमाडौँ । भारतको अहमदाबादमा विहिबार भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४१ जना यात्रुको मृत्यु भएको छ । 

    images
    images
    images

    एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जना मध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।  जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए । 

    images
    images
    images

    मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ । 

    images
    images

    त्यस्तै दुर्घटनामा बचेका एक जना यात्रु भारतीय मुलका बेलायती नागरिक रहेका छन् ।

    यस दुर्घटनामा विमानमा रहेका यात्रु बाहेक अन्यको पनि मृत्यु भएको र त्यसको आधिकारिक आंकडा आउन भने बाँकी रहेको छ । विमानले अस्पतालको होस्टेलमा ठक्कर दिएकोले होस्टेलमा रहेका धेरै डाक्टरहरु हताहत भएको बताइएको छ ।    

    भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।