काठमाडौं । उपचारमा लापरवाही भएको ठहर गर्दै उपभोक्ता अदालतले चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको छ ।
बुबाको मृत्यु उपचारकै लापरवाहीका कारण भएको भन्दै बसन्त गौतमले अस्पताल र चिकित्सकविरुद्ध ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले मागको सुनुवाइ गर्दै अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न चिकित्सकहरूलाई २० प्रतिशत तिराउने आदेश दिएको हो ।
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यगण गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले आदेश दिएको हो ।
गौतमले बाथरुममा लडेका आफ्ना बुबालाई उपचारका लागि ओम अस्पताल पुर्याएका गौतमले अस्पतालले कुनै परीक्षण नगरी सिधै दुखाइ कम गर्ने इन्जेक्सन दिएको र सोही इन्जेक्सनका कारण ज्यान गएको दाबी गरेका थिए । यथेष्ट स्वास्थ्य परीक्षण नगरी इन्जेक्सन दिने कार्य गम्भीर लापरवाही भएको आरोपसहित उनी अदालत पुगेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology