Logo

२०८३, आश्विन १०गते


images
images

प्याव्सन देवदहको आयोजनामा विभिन्न प्रतियोगिता

प्याव्सन देवदहको आयोजनामा विभिन्न प्रतियोगिता

images
  • प्याव्सन देवदहको आयोजनामा विभिन्न प्रतियोगिता
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा हाजिरी जवाफ, हस्तलेखन तथा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएका छन् । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन ) देवदह नगर समितिको आयोजनामा प्रतियोगिता भएका हुन् । 

    images
    images
    images

    प्याव्सन देवदह अन्तर्गतका ९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता अन्तर्गतका सवै प्रतिष्पर्धामा ग्रीन प्लान्ट आवासीय माविले पहिलो स्थान हासिल गरेको छ । 

    images
    images
    images

    निमावि तर्फ भएको हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्टले प्रथम स्थान हासिल गर्दा बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय द्धितिय, सेभेन स्टार बोडिङ्ग स्कुल तृतिय र देवदह मदरटङ्गस एकेडेकीले सान्त्वना स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    यसैगरी प्रावि तर्फ भएको हस्तलेखन प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम, सेभेन स्टार द्धितिय, मदरल्याण्ड एकेडेमी तृतिय र एसियन लाईट बोडिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको  प्याव्सन देवदहले जनाएको छ । 

    त्यसैगरी माध्यमिक विद्यालय तर्फ भएको निवन्ध लेखन प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम, एशियनलाईट द्धितिय, देवदह बुद्ध पव्लिक तृतिय र नारायणी पव्लिक बोडिङ्ग स्कुल सान्त्वना भएका छन् । 

    pabson 1-min.jpg

    कार्यक्रममा विजेता विद्यालय तथा विद्यार्थिहरुलाई पुरस्कार वितरण गर्दै प्याब्सनका केन्द्रिय उपाध्यक्ष टीकाराम न्यौपानेले राज्यले संस्थागत विद्यालयलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले नेपालको शिक्षामा संस्थागत विद्यालयको लगानी उल्लेख्य भएको भन्दै राज्य निजी विद्यालयहरुको संरक्षक बन्नुपर्ने औंल्याए । शिक्षाको नाममा खर्वौ रकम बाहिर गएको उल्लेख गर्दै उपाध्यक्ष न्यौपानेले देशलाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने आधारहरु प्रसस्त भएपनि राज्यको उदासिनताका कारण त्यसो हुन नसकेको बताए ।

    कार्यक्रममा प्याव्सन लुम्विनी प्रदेशका उपाध्यक्ष लालहरी पाण्डे, रुपन्देही सचिव बोधराज गौंडेल, सदस्य महेश पराजुली लगाएतले बोल्दै शिक्षामा गुणस्तरीयता प्रदान गर्न राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनीहरुले प्याव्सन देवदह अन्तर्गतका विद्यालयहरु अतिरिक्त क्रियाकलापमा जिल्लामै उत्कृष्ट स्थान हासिल गर्न सफल हुनेगरेको भन्दै यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।

    गणेश कुमार अर्याल निर्णायक रहेको प्रतियोगिता प्याव्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता, कार्यक्रम संयोजक प्रेमनारायण केवटको स्वागत र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याव्सन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।