Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका

टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका

images
  • टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आफ्नो पकड बनाएको छ । 

    images
    images
    images

    अस्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पछाइरहेको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर २१३ रन बनएको छ ।  अब दक्षिण अफ्रिका जितका लागि ६९ रन मात्र टाढा रहेको छ । त्यस्तै अस्ट्रेलियाले यो फाइनल जित्न थप ८ विकेट लिनुपर्ने छ ।  

    images
    images
    images

    दक्षिण अफ्रिकाका लागि एडन मार्क्रम महत्वपूर्ण १०२ रनको शतकीय पारी खेलेर क्रिजमै छन् भने कप्तान टेम्बा बभुमा  अविजित ६५ रन बनाएर खेलिरहेका छन् । यसअघि रयान रिकेलटन ६ र विआन मुल्डर २७ रन बनाएर आउट भएका थिए । दक्षिण अफ्रिकाका दुवै विकेट मिचेल स्टार्कले लिएका थिए । 

    images
    images
    images

    यस टेस्टमा टस हारेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २१२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १३८ रन मात्र बनाएको थियो । पहिलो इनिंगमा ७४ रनको महत्वपूर्ण अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २०७ रन बनाउदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।