Logo

२०८३, कार्तिक २९गते


images
images

भिजिट भिसा प्रकरण

प्रश्नको घेरामा प्रचण्ड, 'कांग्रेस एमालेले थाङ्नामा सुताए कि आफैँ सुत्नुभएको हो ? '

प्रश्नको घेरामा प्रचण्ड, 'कांग्रेस एमालेले थाङ्नामा सुताए कि आफैँ सुत्नुभएको हो ? '

images
  • प्रश्नको घेरामा प्रचण्ड, 'कांग्रेस एमालेले थाङ्नामा सुताए कि आफैँ सुत्नुभएको हो ? '
    images

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नले घेरिए । 

    images
    images
    images

    शुक्रबार कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेको माओवादी केन्द्रको आलोचना भइरहेका बेला शनिबार बिहान विराटनगरमा पत्रकारले तेर्साएका प्रश्नले प्रचण्ड दिक्क देखिए । उनले भिजिट भिसा प्रकरणका प्रश्नको जवाफ ढंगले दिन सकेनन ।

    images
    images
    images

    विमानस्थलमा पत्रकारहरुले प्रश्नको बर्षा नै गरे  । प्रचण्डलाई पहिलो प्रश्न सोधियो- 'प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ?'  अर्को प्रश्न सोधियो- 'तपाइको उपाध्यक्ष अग्नि सापकोटासँग यो मुद्दा साट्नुभएको हो ?' पत्रकारले अर्को प्रश्न सोधे- 'यो दुई बुँदे सहमति किन गर्नुपर्यो ? अख्तियारले छानबिन गर्ने भन्ने सहमति गर्नुपर्छ र ? कांग्रेस एमालेले माओवादीलाई थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?'

    images
    images

    प्रचण्डलाई अर्को प्रश्न सोधियो- 'गृहमन्त्रीले सदनमा धम्काउने, तर्साउने, उजुरी गर्नेलाई कारवाही गर्ने भनेको के हो ?'  प्रचण्डलाई अर्का पत्रकारले सोधे- 'उधारो सहमति भएन हजुर ? माओवादीका कार्यकर्ताले असन्तुष्टि जनाएको बारे के भन्नुहुन्छ ? सत्तासँग सम्बन्धित केहि कुरा छ यो सहमतिमा ? संसदको अवरोध गलत भएको थियो ? सरकारमा जाने त होइन नि ? भिजिट भिसाले कांग्रेससँग को सम्बन्ध सुमधुर भयो है ? पुर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नयाँ कानुन बनाउनु पर्छ ?'

    प्रचण्डले पत्रकारका प्रश्नको जवाफ दिदै भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको स्पष्ट गरे ।  उनले माओवादीका कार्यकर्ताले विषय नबुझेर आलोचना गरेको बताउदै बुझेपछि आलोचना गर्न छोड्ने बताए ।

    गृहमन्त्रीले संसदमै एक महिनामा छानबिनको संयन्त्र बनाउने प्रतिबद्धता गरेको उल्लेख गर्दै प्रचण्डले छानबिन नभए फेरी लड्ने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।