Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन तयार, दुई विषय थाती

विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन तयार, दुई विषय थाती

images
  • विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन तयार, दुई विषय थाती
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा विधेयक माथि बनेको संघीय संसदको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । तर निजी विद्यालय र प्रारम्भिक बाल विकाससँग सम्बन्धित विषय भने समितिमै थप छलफल गरेर मात्र टुंग्याउने निष्कर्ष निकालिएको छ ।

    images
    images
    images

    शनिबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपसमिति संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत संवादपछि प्रतिवेदन तयार पारिएको जानकारी गराए । सरकारसँग भएका सम्झौता र सहमति विधेयकमा समेटिनुपर्छ भन्ने धारणा अनुरूप उपसमितिले सम्बन्धित मन्त्रालयसँग आवश्यक विषय माग गरेर काम अघि बढाएको उनले सुनाए ।

    images
    images
    images

    उपसमितिले पाएको जिम्मेवारी, त्यसबेला रहेको परिवेश र उपलब्ध आधारलाई मध्यनजर गर्दै प्रतिवेदन तयार पारिएको उनले बताए । ‘सम्झौता र सहमतिहरू अन्त्यहीन रूपमा दोहोरिरहने हो भने विधेयकको काम कहिल्यै सकिँदैन,’ विश्वकर्माले भने, ‘शिक्षक महासंघको दबाबका बीच काम अघि बढाइयो । केही संवादमा हामीलाई समेत सहभागी नगरिने वातावरण बन्यो । त्यसैले संवादको शैलीप्रति पनि प्रश्न उठ्यो ।’

    images
    images
    images

    उनले विधेयकको कार्यान्वयनको पाटो सुनिश्चित गर्न उपसमितिले समयसीमा भित्रै काम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए । तर निजी विद्यालय र बाल विकासजस्ता विषय फराकिलो छलफल माग गर्ने भएकाले ती बुँदा समितिमा नै विस्तृत रूपमा उठाउने निर्णय गरिएको उनले स्पष्ट पारे ।

    ‘यी विषयलाई खण्ड–खण्डमा नटुक्र्याई संस्थागत ढंगले टुंग्याउनु जरुरी छ,’ उनले भने, ‘त्यसैले बाँकी विषय समितिमा राखेर यो प्रतिवेदन बुझाइएको हो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।