Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्घटना

नागढुंगामा हाइस दुर्घटना, १९ जना घाइते

नागढुंगामा हाइस दुर्घटना, १९ जना घाइते

images
  • नागढुंगामा हाइस  दुर्घटना, १९ जना घाइते
    images

    काठमाडौं । नागढुंगामा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो गाडी शनिबार अपराह्न पौने चार बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाको पिपलमोड नजिक दुर्घटना भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त माइक्रो सडकबाट २०० मिटर तल खसेको थियो । 

    images
    images
    images

    दु‍र्घटनामा परी चालकसहित १९ जना घाइते भएको एसपी बोहराले जानकारी दिए । गाडीमा चालकसहित २१ जना सवार थिए । 

    images
    images

    घाइते भएकामध्ये १० जना भारतीय नागरिकहरू छन् । उनीहरू अधिकांश बिहारको पटनाका रहेको खुलेको छ । 

    शनिबार अपराह्न पौने ४ बजे काठमाडौंदेखि चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको हाइस गाडी सडकबाट २०० मिटर तल खस्दा चालक सहित १९ जना जना घाइते भएको प्रहरीले जनाएको छ ।

    उनीहरू सबैलाई उद्धार गरी उपचारका लागि बलम्बूस्थित एपिएफको अस्पताल पुर्‍याइएको एसपी बोहराले जानकारी दिए । 

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।