Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड भिड्दै

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड भिड्दै

images
  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड भिड्दै
    images
    images

    काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।

    images
    images
    images

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दैछन् । यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १५ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ८ खेल जितेको छ भने नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ ।

    images
    images
    images

    आइसीसीको टी-२० वरियतामा स्कटल्याण्ड १३औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

    यो त्रिकोणात्मक टी-२० सिरिज आइतबारदेखि २० जुनसम्म हुदैछ । यो सिरिजको पहिलो खेलमा आइतबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दै छन् भने सोमबार नेपाल र नेदरल्याण्डस, त्यस्तै मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

    नेपाली टिममा इन्जुरीका कारण सोमपाल कामी र गुलशन झा बाहिर रहेका छन् । दुवै जना यसअघि खेलिएको लिग-२ को खेलको अभ्यासको क्रममा घाइते भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।