Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्घटना

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

images
  • पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु
    images

    पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ ।

    images
    images
    images

    मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका तीन जना मजदुरको उपचारकोक्रममा विराटनगरमा मृत्यु भएको हो ।

    images
    images
    images

    पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइते मजदुरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो ।

    images
    images

    उपचारकोक्रममा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी र प्रकाश चौधरीसँगै २७ वर्षीय राजन चौधरीको मृत्यु भएको घोषणा चिकित्सकले गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

    घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

    शनिवार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदुर घाइते भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।