Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

चीन र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चीन र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

images
  • चीन र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
    images
    images

    काठमाडौँ । चीन र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । चीनका विदेशमन्त्री वाङयी र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच टेलिफोन कुराकानी भएको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    चीनले सय्यद अब्बास अराघचीले वाङ यीलाई क्षेत्रीय अवस्था र हालैका घटनाक्रमहरूको बारेमा जानकारी गराएको जानकारी दिएको छ । चीनले भनेको छ- सय्यद अब्बास अराघचीले चिनियाँ विदेशमन्त्री वाङ यीलाई इजरायलले इरानमाथि गरेको हालैको आक्रमणमा धेरै इरानी सैनिक र सर्वसाधारणको मृत्यु भएको जानकारी गराए । यस आक्रमणमा इजरायलले इरानको आणविक स्थलहरूलाई पनि लक्षित गरेको छ, जुन अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो ।'

    images
    images
    images

    सो कुराकानीमा अराघचीले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई सैन्य कारबाही रोक्न सामूहिक रूपमा अपील गर्ने आशा व्यक्त गरेका थिए ।

    images
    images
    images

    त्यस्तै वाङ यीले इजरायलले इरानमाथि आक्रमण गर्ने बित्तिकै चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट पारेका थिए । उनले भने- 'चीनले यो आक्रमणलाई इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन भनेको छ र चीनले इरानी अधिकारीहरूलाई लक्षित आक्रमण र नागरिकहरूको मृत्युको कडा विरोध गर्दछ । इजरायलका यी कार्यहरू संयुक्त राष्ट्र संघको नियम र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरू विरुद्ध छन्। विशेष गरी, इरानको आणविक स्थलहरूमा इजरायलको आक्रमण धेरै खतरनाक छ र यसको गम्भीर परिणाम हुन सक्छ ।'

    चीनले इजरायलमाथि शान्ति स्थापना गर्न ठोस कदम चाल्न दबाब दिने देशहरूलाई अपील गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।