काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले आव २०५७/२०५८ देखि २०७२/२०७३ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ६ लाख ५६ हजार ७ सय अनियमिता गरेको आरोपमा साविक नरैनापुर गाउँ विकास समितिको तत्कालीन अध्यक्ष श्रीवास्तवसहितलाई मुद्धा दायर गरेको हो ।
अन्य आरोपितमा तत्कालीन कार्यालयका सचिवद्वय सावित राम कुर्मी र अशोक कुमार श्रीवास्तव, कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझीलिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर र बारी खाँ, मोति भुजुवा र सन्तराम बडही रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology