Logo

२०८३, कार्तिक २९गते


images
images

भिजिट भिसा प्रकरण

नैतिकताको कुरा व्यक्तिगत हो, गृहमन्त्री लेखकले देखाएनन् : बर्षमान पुन

नैतिकताको कुरा व्यक्तिगत हो, गृहमन्त्री लेखकले देखाएनन् : बर्षमान पुन

images
  • नैतिकताको कुरा व्यक्तिगत हो, गृहमन्त्री लेखकले देखाएनन् : बर्षमान पुन
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता नदेखाएको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै पुनले नैतिकता भन्ने विषय व्यक्तिले देखाउने कुरा भएको बताउदै गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा नदिएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'नैतिकताको विषय भन्ने कुरा स्वाभाविक रुपमा व्यक्तिको विषय हुन्छ, निजी हुन्छ । हामीहरु पार्टीहरुले, विपक्षीहरुले या आम जनताको तर्फबाट सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउने र सुझाव दिने विषय हो । त्यसमा गृहमन्त्रीज्यूले राजीनामा नदिने तर बाँकी सरकारको तर्फबाट छानबिनका लागि तयार छौं भनेर सरकारले प्रतिबद्धता गर्यो र ३० दिनभित्र आवश्यक संरचना तयार गरि छानबिनलाई अगाडी बढाउने प्रतिबद्धता आइसकेपछि हामी र एकीकृत समाजवादी लगायतका दल तयार भयौं ।'

    images
    images

    पुनले मुख्य कुरा छानबिन भएकोले त्यसका लागि सरकार तयार भएको रास्वपासँग पनि आफुहरुले कुरा गरेको बताएपनि नमानेको बताए ।

    भिजिट भिसा प्रकरणमा विगतदेखिकै छानबिन हुनुपर्छ भन्ने कुरामा जिम्मेवार प्रतिपक्षको हिसाबले प्रतिबद्ध रहेको बताउदै पुनले सरकार छानबिनको लागि तयार हुनु महत्वपूर्ण कुरा भएको बताए ।

    साथै पुनले दुई बुँदे सहमतिमा अग्नि सापकोटाको विषयमा लेनदेन गरेको आरोपको खण्डन गर्दै यो विषयमा कुनै सरोकार नभएको स्पष्ट गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।