Logo

२०८३, आश्विन १०गते


images
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप खेल्ने ३० खेलाडी छनौट

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप खेल्ने ३० खेलाडी छनौट

images
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिप खेल्ने ३० खेलाडी छनौट
    images
    images

    काठमाडौँ । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपका लागि ३० महिला खेलाडीको घोषणा गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले ३० खेलाडी छानेका हुन् । गुरुङले पहिलो चरणको बन्द शिविर प्रशिक्षणका लागि ४० जना खेलाडी छानेका थिए ।

    images
    images
    images

    यू-२० महिला फुटबल खेलाडीमा अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्साना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरिङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मिना देउवा, पुर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समिख्या मगर, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ्मा लिम्बु पण्डक, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी र रुपा लिम्बु रहेका छन् ।

    images
    images
    images

    आगामी जुलाई ११ देखि २२, २०२५ सम्म टोलीले बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भाग लिदैछ ।

    यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    यस प्रतियोगितामा नेपालले जुलाई ११ मा भुटानविरुद्ध, जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

    यसअघि खेलिएका चारै पटक बंगलादेश विजयी बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।